बुटवल,२८ कार्तिक ।
बिपक्षी दल नेकपा एमालेका अबरोधका कारण आज पनि लुम्बिनी प्रदेश सभाको बैठक आधाघण्टाका लागि स्थगित भएको छ ।
आाज बसेकाे प्रदेश सभाकाे नवाै अधिवेशनकाे ११ औ बैठकको बिशेश समयमा पुर्व मुख्यमन्त्री शंकर पाेखरेलले बाेलेर सकिएसँगै एमालेका प्रदेश सभा सदस्यहरूले उठेर बैठक अबरुद्ध गरेका थिए ।
एमालेका प्रदेश सभा सदस्यहरूले आ आफ्नो ठाउँबाट उठेर अबरोध गरेपछि सभामुख पुर्णबहादुर घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।






