दाङ, २८ कार्तिक ।
रोल्पाको माडी गाउँपालिका वडा नं. ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुबाहाक पिक अप जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहे पनि उनिहरुको हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
आइतबार बिहान ११ बजेतिर भएको दुर्घटनामा थप तीन जना घाइते भएका छन ।
घाइतेहरुलाई उपचारका लागि रोल्पा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
जीपमा ६ यात्रु भएको अनुमान गरिएको रोल्पाका प्रहरी प्रमुख,प्रहरी नायब उपरीक्षक नरेशराज सुबेदीले जानकारी दिए । दुर्घटनाको कारण खुली नसकेको र घटनास्थलमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।






