बुटवल,२७ कार्तिक ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको पञ्चायन टोल विकास संस्थाको दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ ।

पञ्चायन टोल विकास संस्थाका निबर्तमान अध्यक्ष चिनु श्रेष्ठको सभापतित्व र बुटवल उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आचार्यले टोल विकास संस्थाको सक्रियताकै कारण बुटवल पटक पटक उत्कृष्ट नगर हुन सफल भएको बताउदै भौंतिक विकासलाई मात्रै विकास मान्ने सोच त्यागेर अब मानविय विकासमा ध्यान दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकारहरु बालकुमारी भण्डारी, डिके धिताल,गंगा ढकाल,संस्थाका सदस्य बसन्त जोशी लगायतले उपमहानगरपालिकाको विकासमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै नगरको समग्र विकासका लागि टोल विकास संस्थाहरुलाई थप क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।

संस्थाका उपाध्यक्ष माया भट्टराईको स्वागत तथा सचिब लक्ष्मी खनाल भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष चिनु श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नगरको विकासमा टोल विकास संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

सो अवसरमा जेष्ठ नागरिक हेममाया पौडेललाई सम्मानित गरिइएको थियो । आजै भएको अधिवेशनले लक्ष्मी प्रधानको अध्यक्षतामा ११ सदस्यी नँया नेतृत्व चयन गरेको छ ।