काठमाडौं,२६ कार्तिक ।
नेपालमा शुक्रबार थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३८९ जना कोरोना संक्रमित निको भएका छन भने ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ७ लाख ९७ हजार ४४८ जना कोरोना संक्रमित निको भएका छन भने मृत्यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेका छन् । जसमध्ये ६ हजार ९४५ जना होम आइसोलेसनमा रहेका छन् भने ५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९० जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?
स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौंमा १२५, ललितपुरमा ४२, रुपन्देहीमा ३१, कास्कीमा १६, कैलालीमा १२, सुनसरीमा ११ र तनहुँमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।






