बुटवल,२५ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले तिनै तहको सरकारको पूर्ण सहयोग रहे प्रदेश राजधानी नेपालमै नमुना वन्ने बताएका छन् ।
प्रदेश पुर्वाधार विकास प्राधिकरणद्धारा बिहिबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश राजधानीको गुरूयोजना निर्माण सम्बन्धी विदेशि कन्सल्ट्यान्ट सहितको प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री केसीले तिनै तहको सरकारको पूर्ण सहयोग रहे प्रदेश राजधानी नेपालमै नमुना वन्ने बताएका हुन् ।
अहिले मास्टर प्लानिङकाे काम भैरहेकाे भन्दै उनले मास्टर प्लानिङको काम १ बर्ष भित्र जसरि पनि सक्नु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव दिल्लीराम शर्माले राजधानी गुरूयाेजनाकाे कामको जिम्मेवारी पर्यटन,ग्रामीण तथा सहरी विकाश मन्त्रालयले लिने भन्दै नेपालमै पहिलोपटक गुरूयाेजना निर्माण गरेर राजधानी बन्न लागेको बताए ।
प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर अनन्तराज घिमिरेले ४८० वर्ग किमि क्षेत्रफलमा बन्ने प्रदेश राजधानीकाे गुरूयाेजनाकाे ५० प्रतिशत काम सम्पन्न भैसकेको जानकारी गराउदै अवको तीन महिना भित्र सम्पूर्ण गुरूयोजनाको काम सम्पन्न हुने बताए ।

गुरूयोजना निर्माण कार्यका लागि युनाइटेड नेसनको सहयोगमा स्पेन बाट सहरी विकास विज्ञ प्रोफेसर हमिन सावते सहितको टिमले सहयोग गर्दै आईरहेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती,प्रदेश मन्त्रालयका सचिव,उप सचिबहरूले प्रदेश राजधानीबारे आ आफ्नो सुझाव दिएका थिए ।