काठमाडौं,२५ कार्तिक ।
नेपालमा बिहिबार थप ३१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जना र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जना गरी ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २७९ जना संक्रमित निको भएका छन भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ९७ हजार ५९ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ४६६ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ जना रहेको छ । जसमध्ये ७ हजार १० जना होम आइसोलेसनमा रहेका छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८८ जना आईसीयू र ५४ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।