बुटवल,२५ कार्तिक ।
नेपाल नियमित रक्तदाता संघद्धारा बुटवलमा आयोजना गरेको खुल्ला रक्तदानमा ७५ जनाले रक्तदान गरेका छन् ।

बिहिबार बुटवलमा आयोजित खुल्ला रक्तदानमा ७५ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक रोशन अर्यालले बताए ।

वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा रगत अभावलाई समाधान गर्न कार्यक्रम गरिएको सस्थाका सचिव महेश खनालले जानकारी दिए ।

नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता,इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सचिव खनालले बताए ।

वि.स. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल ‘बन्दि’ले स्थापना गरेको संस्था निरन्तर रूपमा रक्तदान तथ रगत व्यवस्थापन गराउदै आएको नेपालको पहिलोे सस्था हो ।

सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा वि.स.२०६४ सालमा सडक दुर्घटनामा देहावसान भएको थियो ।

नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्दै आएको छ ।