बुटवल,२५ कार्तिक । पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ ।

नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै मुल्यबृद्वि बिरूद्व नेपाल बन्द समेतको आन्दोलनको घोषणा गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सहितको ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको छ ।