बुटवल,२५ कार्तिक ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकाे विराेधमा बुटवलमा घन्टा चक्काजाम भएको छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै शुक्रबार बिहान सांकेतिक रूपमा चक्काजाम गरेका हुन ।

विद्यार्थीहरूकाे चक्काजामका कारण बुटवलको मुख्य सडक केहीबेर अबरुद्ध भएको थियो ।
नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।