काठमाण्डौं, २४ कार्तिक ।
नेपालमा बुधबार थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४०७ जनाको पीसीआर परीक्षण गर्दा ३८७ जना र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित निको भएका छन भने ६ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ९६ हजार ७८० जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार ४६० जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेको छ । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।