बुटवल,१४ कार्तिक । रूपन्देहीको राेहिणीबाट अबैध काठ सहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरीको गस्ती टोलीले आईतबार रुपन्देहीकाे रोहिणी गाउँपालिका ४ पकडीहवाबाट लु २ त ४६११ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अबैध सगुन र बकाईनोको काठ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव निरिक्षक हरि नारायण श्रेष्ठको कमाण्डमा खटिएको प्रहरीकाे गस्ती टोलीले आईतबार ट्याक्टरमा लोड गरी राखेको अन्दाजी ७ लाख ५० हजार मुल्य बराबरको सगुन र बकाईनोको ५२ गोलिया काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
बरामद भएको काठ सहितको ट्याक्टर आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पाठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । काठको कारोबार गर्ने व्यक्ति भने पक्राउ परेकाे छैन ।






