विराट अर्याल
जति ठूलो बाटो, उति नै ठूलो उसको कर्मभूमि
जिन्दगीले पस्किएको अचाह, यो कस्तो भुमरी?
यो बाटो नै उसको नदी, पैताला उसको नाउँ
पौडिन्छ यसमै हर घडी, जाने कुन ठाउँ?
न शीरमाथि सहारा, बेसहारा भुइँ टेक्ने पाउ
बुझिदिने को छ र त्यो मनको घाउ?
घाम-जाडो के फरक?
जीवन-मरण के फरक?
अनमोल भएर बेमोल छ
उसको सपनाको के मोल छ?
ताराजस्तै अनगिन्ति रहर अनि खुला आकाश उसको छत
धर्ती उसको विस्तरा,यही फूटपाथ उसको घर।





