काठमाडौं,१० कार्तिक ।
नेपालमा बुधबार थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १६७ पीसीआर परीक्षण गर्दा ५८२ र २ हजार ३२८ एन्टिजेन परीक्षण गर्दा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४९० जना कोरोना संक्रमित निको भएका छन भने ८ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जना रहेका छन् ।





