बुटवल,१० कार्तिक । लुम्बिनी प्रदेशिक अस्पतालका नवनियुक्त निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले निजी क्लिनिक तथा अस्पतालमा गर्ने चेकजांच छाडेका छन् ।
उनले अस्पतालको प्रशासनिक जिम्मेबारी लिएसंगै निजी संस्थासंगको सम्वन्ध तोडेको बताएका हुन् ।
सरकारी अस्पतालका चिकित्सकहरुले निजी क्लिनिकहरुमा वढि समय दिएको आरोप लागिरहेको वेला डा ढकालले यस्तो निर्णय गरेका हुन् ।
उनले आफु अस्पतालको जिम्मेबारी पदमा रहदांसम्म खाली समयमा पनि सरकारी अस्पताल वाहेक अन्यत्र विरामी नहेर्न दोहोराए । उनले भने –`अस्पतालको सुधार र विरामीहरुलाई पुर्ण रुपमा सेवा दिनका लागि मैले यो पदमा रहनजेल निजी स्वास्थ्य संस्थामा सम्लग्न हुने छैन ।´

बुटवलमा रहेको पश्चिम क्षेत्रकै महत्वपुर्ण सरकारी अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालले क्यान्सर विरामीको उपचार सेवा विस्तार गर्ने तयारी थालेको छ ।
ढकालले निमित्त मेसुकाे जिम्मेवारी सम्हालेसँगै अस्पतालमा क्यान्सर राेगकाे उपचार सेवा उपलब्ध गराउने बिषयमा पनि छलफल अगाडि बढेको उनलेे बताए ।
मेडिकल हवका रुपमा विकसित हँदै गएको बुटवलमा क्यान्सर रोगको उपचार भने छैन । त्यसका लागि पनि चितवनको क्यान्सर अस्पतालसंग सहकार्य गरेर उपचार विस्तार गर्ने सोचमा रहेको अस्पतालका मेसु डा ढकालले बताएका छन् । उनले त्यसका लागि आन्तरिक गृहकार्य भैरहेको बताए ।
दुई दिन अघि मात्र प्रादेशिक अस्पतालको टोलीलले चितवनस्थित क्यान्सर अस्पतालको स्थलगत भम्रण समेत गरेको छ ।
अस्पतालको मेसु ढकालको नेतृत्वमा अस्पतालका विभागिय प्रमुखहरुसंहितको प्रतिनिधि मुलक भ्रमण दलले क्यान्सर अस्पतालको उपचार प्रक्रिया देखि अन्य प्राविधिक विषयमा जानकारी लिएर फर्किएको छ ।
उनलेे अस्पतालको भौतिक पुर्वाधार देखि सेवा विस्तारका काममा सरोकारवाला पक्षसंग सहकार्य गरेर अघि बढ्ने बताए ।