बुटवल,९ कार्तिक ।
नेपाल पत्रकार महासंघका महासचिब रोशन पुरीले प्रेस काउन्सिलको पुनर्संरचना गर्नुपर्ने बताएका छन् ।
काउन्सिलको संरचनानै पत्रकारको हितमा नभएको भन्दै उनले काउन्सिलको पुनर्संरचना गर्नुपर्ने बताए ।
चादनी नेपालद्धारा मंगलबार बुटवलमा आयोजित कोभिड–१९ ले पत्रकारीताको क्षेत्रमा पारेको प्रभावको बिषयमा पत्रकारहरुसँगको अन्तरक्रियमा महासचिब परीले उक्त कुरा बताएका हुन् ।
पत्रकारहरुको हक हितका लागि खुलेका निकायनै पत्रकार र मिडियामैत्री नहुदा पत्रकारहरुले त्यसबाट लाभ लिन नसकेको भन्दै उनले प्रेस काउन्सिललाई पत्रकार र मिडियाको हक हितमा कामगर्नेगरी पुनर्संरचना गर्नुपर्नेमा जोड दिए ।
मिडिया बिकास कोषबाट पत्रकार तथा संचार माध्यमले भन्दा पनि छापाखाना उद्योगले लाभ लिएको भन्दै महासचिब पुरीले त्यसबाट पत्रकार तथा मिडियाले लाभ लिनसक्ने बनाउनुपर्ने आबस्यकता औल्याए ।
कोभिड–१९ का कारण नेपालको संचार क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको भन्दै उनले कोरोना पिडित पत्रकारहरुलाई राहत उपलब्ध गराउने र कोरोना बिरुद्धको खोप व्यवस्थापन गर्ने कार्यमा महासंघले हरसम्भव प्रयास गरेको बताए ।
चादनी नेपालका अध्यक्ष भवानी प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बशन्त गिरी,रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेल,पत्रकार महासंघ रुपन्देहीका पुर्ब उपाध्यक्ष दिनेश पाण्डे,पत्रकारहरु माधव नेपाल,खिमानन्द भट्टराई,कृष्ण मल्ल,बिष्णु भुसाल,कल्पना तिवारी,कल्पना तिवारी,एनबी कंडेल लगायतले कोरोनाका कारण समग्र संचार क्षेत्र प्रभावित भए पनि तीनै तहका सरकारबाट संचार क्षेत्रलाई सहयोग नगरेको गुनासो गरेका थिए ।





