बुटवल,३ कार्तिक ।
नेपाली कांग्रेस जिल्ला रुपन्देहीले बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरूकाे महान पर्व विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत् लगायतका चाडपर्वको अवसरमा भैरहवास्थित पार्टी कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको कांग्रेस रुपन्देहीले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले पार्टीका संस्थापक विपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि सुरु गरिएको चियापान कार्यक्रमलाई कांग्रेसले यस वर्ष पनि निरन्तरता दिएको बताए ।
साे अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापति फणिन्द्र शर्मा,सचिव रामकृष्ण खांण लगायतले चियापान र शुभकामना आदानप्रदानकाे ऐतिहासिक पृष्ठभूमि र महत्त्वकाे बारेमा आ आफ्नो भनाइ राखेका थिए ।






