नवलपरासी,६ भदौ ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ स्थित सडकमा बुलिङटारबाट ढोडेनीतर्फ जादै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक गैंडाकोट नगरपालिका–३ ढोडेनी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ४० वर्षीय हिरा बहादुर सारूको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।