काठमाडौं,३ कार्तिक ।
नेपालमा बुधबार थप ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २२ पीसीआर परीक्षण गर्दा ५३५ जना र १ हजार ४०४ एन्टिजेन परीक्षण गर्दा १२७ जना गरी ६६२ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमित निको भएका छन भने १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका १९५, ललितपुरका ३५ र भक्तपुरका २३ जना रहेका छन् ।