बुटवल,२ कार्तिक । बुटवलको याेगिकुटीमा माेटरसाइकल र टिप्पर ठाेक्किदा माेटरसाइकल चालक घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्ड अन्तर्गत बुटवलको योगीकुटीमा राेकिराखेकाे टिप्परमा माेटरसाइल ठाेक्किएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५० प १२२ नम्बरको मोटरसाइकल सोही दिशामा रहेको लु २ ख ४६६७ नम्बरको टिप्परमा ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएका माेटरसाइकल चालककाे बुटवलकाे कालिकानगर स्थित चौराह अस्पतालमा उपचार भैरहेको छ ।






