काठमाण्डाै,२ कार्तिक । मुस्लिम समुदायले आज मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।
मोहम्मद दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।






