काठमाण्डौ,१ कार्तिक ।
सरकारले भोलि मंगलवार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा भोलि कार्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैबीच प्रदेश २ सरकारले मुस्लिम धर्माम्बलीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।