अर्घाखाँची,३१ असाेज । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन ।
आइतबार दिउँसो सितगंगा नगरपालिका–२ वाणगंगा खोला नजिकै खेतमा धान काट्दै गरेकाे अवस्थामा कालो अरिंगालले टोकेर उनिहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
अरिंगालले टोकेर सितगंगा नगरपालिका–२ सीतापुर झिर्रा गाउँका २१ वर्षीय किरण क्षेत्री, २४ वर्षीया सञ्जु क्षेत्री र १६ वर्षीया करिना क्षेत्री गम्भरी घाइते भएका छन् ।
उनीहहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए ।
अरु घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।






