बुटवल,३१ असाेज ।
९ वर्षीय छोरासहित बुटवलबाट एक महिला वेपत्ता भएकी छन् ।
बेपत्ता हुनेमा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी ३१ बर्षिया गीता गैरे र उनका ९ वर्षीय छोरा दिक्षान गैरे रहेका छन् ।
उनिहरू असोज २२ गतेदेखि वेपत्ता भएको उनका परिवारले जनाएका छन् ।
असोज २२ गतेदेखि सम्पर्क बिहीन भएका उनिहरू घर र माइतको सम्पर्कमा नआएपछि खोजीका लागि आफन्तले मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरेका हुन् ।
गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ५ निवासी संगीता गैरे बुटवल कालिकानगरस्थित सानीआमाको घरबाट एकाएक सम्पर्कबिहीन भएको उनका श्रीमान खडानन्द गैरे (देउती) ले जानकारी दिए ।
राजमार्ग चौराहा स्थित एम्स स्कुलकाे कक्षा ३ मा अध्ययनरत ९ वर्षीय छोरा दिक्षान गैरेलाई साथमा लिएर श्रीमती सम्पर्कबिहीन भएकाे र उनको मोवाइल पनि स्वीच अफ रहेको उनका श्रीमान खडानन्दले जानकारी दिए ।
आफू वैदेशिक रोजगारीको शिलशिलामा भियतनाममा रहेको र एक महिना अगाडि मात्रै घरमा आएको उनले बताए ।
संगीता बिगत सात–आठ वर्षदेखि छोरासहित सानीआमाको घरमा बस्दै आएकी थिइन् । उनका सानीआमाको परिवार भने लण्डनमा रहेको छ ।






