बुटवल,३१ असाेज । नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ७७ जनामा कोरोना परीक्षण गर्दा ३९१ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६८० जना कोरोना संक्रमित निकाे भएका छन भने ६ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।