बुटवल,३० असाेज ।
नेपालमा शनिबार थप १४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जना गरि १४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८४५ जना काेराेना संक्रमित निकाे भएका छन भने १ जनाको मृत्युु भएको छ ।
हालसम्म नेपालमा ७ लाख ८० हजार ७७६ जना काेराेना संक्रमित निकाे भएका छन भने ११ हजार २७८ जनाको मृत्यु भएको छ ।
नेपालमा काेराेना संक्रमित निको हुने दर ९७.०३ प्रतिशत रहेको छ ।
हाल देशभर १२ हजार ५९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा रहेका छन् ।





