रुकुम,३० असाेज । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना प्रहरी घाइते भएका छन् ।

स्थानीय बागबजारमा गएराति भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहाेरासहित सात जना प्रहरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएका र बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो ।

घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ भनेर घटनामा संलग्न चार जना फरार रहका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।