काठमाण्डाै,२९ असाेज ।
नेपालमा शुक्रबार थप २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय १२ नमूना परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ७७७ जना काेराेना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । देशभर अहिले १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।





