काठमाडौ,२७ असाेज । नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ।
बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनमा पुगेको हो। पहिलो हाफमा १–० गोलले पछि परेको नेपाललाई फाइनल पुर्याउन अञ्जन विष्टले पेनाल्टीबाट गोल गरे। उनले खेलको ८८ औँ मिनेटमा गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएका हुन्।
पेनाल्टी एरिया बाहिर आएर फल गरेपछि बंगलादेशका गोलकिपर रहमान जिकोले रातो कार्ड पाएका थिए। त्यससँगै १० जनामा सीमित भएको बंगलादेशका खेलाडीविरुद्ध नेपालले पेनाल्टी पाएको थियो। त्यसलाई अञ्जनले गोलमा परिणत गरेका हुन्।








