पाल्पा,२६ असोज । लुम्बिनी प्रदेशका नवनियुक्त उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले जलस्रोतको अधिकतम उपयोग गरेर प्रदेश र मुलुकलाई समृद्धि बनाउने योजनाका साथ आफू अगाडि बढ्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाद्वारा साेमबार तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रानाले पर्याप्त जलस्रोत रहेको मुलुक नेपालले जलस्रोतको अधिकतम उपयोग गरेर लाभ लिन सक्नुपर्ने भन्दै आफू त्यसैमा लाग्ने बताएका हुन् ।
कृषि प्रधान मुलुक नेपालका लागि सिंचाइ सुबिधा अति जरुरी रहेको भन्दै उनलेे उर्जाकाे साथै सिंचाइ मार्फत मुलुकलाईनै समृद्ध बनाउने योजनाका साथ अगाडि बढ्ने दृढता व्यक्त गरे ।
एक्लाे प्रयासले मात्रै विकास सम्भव नहुने भन्दै उनलेे सराेकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने बताए ।
विकास र समृद्धिका कुरा धेरै भइसकेको बताउदै मन्त्री रानाले अब कुरामा मात्रै नभएर जनताले विकासको अनुभुत गर्नेगरि काम गर्नुपर्ने बेला आएको बिचार व्यक्त गरे ।
मन्त्री रानाले पाल्पाको समस्याको रुपमा रहेको विद्युतको समस्यालाई हल गर्ने प्रतिवद्ध व्यक्त गरे । उनले पाल्पा लगायत प्रदेशलाईनै उज्यालो बनाउने अभियानमा लाग्ने बताए ।
मन्त्री रानाले विद्युत् पुग्न नसकेका ठाउँहरुमा विद्युत् पु¥याउने प्रतिवद्धता व्यक्त समेत गरे । उनले कृषिको आधार सिँचाई भएकाले सिँचाई नपुगेका स्थानमा पर्याप्त मात्रमा सिँचाईको सुविधा पु¥याउने बताए ।

सिद्द्बाबाको सडक आफ्नो मन्त्रालय अन्तर्गत नपर्ने भएता पनि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी स्तराेन्नतीको काम गर्न पहल गर्ने समेत मन्त्री रानाले प्रतिवद्धता व्यक्त गरे ।

फरक प्रसंगमा मन्त्री रानाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र दलको विकल्प दल नै भएको धारणा व्यक्त गरे । दल प्रति जनताको बितृस्णा उत्पन्न भएकाले आफुले कामको माध्यमबाट वितृस्णा चिर्ने उनले बताए ।
उनले भने ‘आफु जतिञ्जेलसम्म मन्त्रीमा रहन्छु त्यत्तिञ्जेलसम्म इमान्दार र कर्तव्यनिष्ठ भई लाग्ने छु ।’
महासंघका अध्यक्ष रिखीराम रानाको अध्यक्षता, कोषाध्यक्ष मुक्ती न्यौपानेको स्वागत, सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान
पाल्पा, नेपाली काँग्रेस पाल्पाले लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानालाई सम्म्मान गरेको छ । आज पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी काँग्रेसले नवनियुक्त मन्त्री रानालाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
सम्म्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री रानाले पार्टीका इमानदार नेता कार्यकर्ताहरूकाे निरन्तरताको प्रयासका कारण आज नेपाली कांग्रेसले पाल्पाबाट मन्त्री पाउन सफल भएको बताए । उनलेे पार्टीका नेता कार्यकर्ताहरूकाे मेहनत र पसिना खेर जान नदिने गरि काम गर्ने प्रतिव्दता व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहन प्रसाद पाण्डेले नवनियुक्त मन्त्री रानालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै जनताको मन जित्ने गरी काम गर्न अनुरोध गरे । उनले पाल्पालीले उर्जावान मन्त्री पाएको प्रति गर्भ गर्दै मन्त्रीको अवसर सँगै चुनौती रहेको पनि बताए । मन्त्री रानाले जनताको भावनालाई आत्मसाथ गरी काम गर्ने बताए । उनले अवसरसँगै आफुलाई जिम्मेवारी थपिएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्दीय सदस्य राजन पन्तले नेपाली काँग्रेस र आमजनताले एक उर्जावान मन्त्री पाएको बताए । पार्टी उपसभापति देवराज ढकालको अध्यक्षता, सचिव झपेन्द गहिरेको स्वागत, अर्को सचिव अजयमान कार्मचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।