पोखरा,२५ असाेज । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जीप दुर्घटना हुँदा जीप चालक सहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराकाे हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलका ४२ वर्षीय खुशीमान क्षेत्री जीपमा सवार काठमाण्डाै महानगरपालिका ३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, त्यही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भइ काठमाण्डाै गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

दुर्घटनामा काठमाण्डाै महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको जिवितै उद्दार गरिएको र उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । उनलाई भिरमा अड्किएको अवस्थामा प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले बताए । जीपको झ्याल खोलेर हाम फालेर उनि बाच्न सफल भएको प्रहरीकाे भनाइ छ ।