बुटवल,२४ असोज ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ निवासी सीता पौडेल र तिलोत्तमाको भलवारी माइती भएकी कपिलवस्तु निवासी सरस्वती कौशलको रहस्यमय मृत्युप्रति स्वतन्त्र नागरिक समूह नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरे र महासचिव टोपबहादुर केसीले शनिबार विज्ञप्ती जारी गरी दुवै ठाउंमा घटेका घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारसंग माग गरेका छन् ।

दुवै घटनाप्रति स्वतन्त्र नागरिक समूह नेपालको गम्भीर ध्यानकर्षण भएको भन्दै बिज्ञप्तिमा मृत्युको सत्य–तथ्य पत्ता लगाई दोषिलाई हदैसम्मको सजायको व्यवस्था गर्न माग गरिएको छ ।

सीता पौडेलको यही २०७८ भदौ २० गते आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । त्यस्तै कलिवस्तुकी सरस्वती कौशलको २०७८ असोज १४ गते रहस्यमय मृत्यु भएको थियो ।