बुटवल,२३ असोज ।
बहुजातीय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगरमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ ।

नेपालीहरुको महान पर्व बिजया दशमी,दिपावली,छठ लगायतको अवसरमा आयोजित बहुजातीय सांस्कतिक साँझमा मोर्चाका कलाकारहरुले बिभिन्न जात जाती तथा समुदायसँग सम्बन्धित गित तथा नृत्य प्रस्तुत गर्नुका साथै गिति नाटक समेत प्रस्तुत गरेका थिए ।

बहुजातीय सांस्कृतिक मोर्चा, लुम्बिनी प्रदेश लुथम का अध्यक्ष मेहर सिंह थापाको अध्यक्षता तथ राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यवंशिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष सुर्यवंशिले सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुने बताउदै छैठो महाधिवेशन पछि पार्टीले मोर्चालाई लिएर गाउँ गाउँ जन जनमा जाने बताए ।

बुटवल स्थित भुपु सैनिक क्लबमा भएको कार्यक्रममा सांस्कृतिक मोर्चाका कलाकार मनोरन्जनमुलक लगायत देशभक्तिका सांगितिक प्रस्तुती पस्केका थिए भने पार्टीका महिला नेतृ राधिका श्रीस र युवा नेता लबसन गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

मोर्चाका सचीव तुल बहादुर सलामी को संयोजनमा कलाकारले मौलिक संस्कृति झल्कने नृत्य तथा चेतनामूलक नाट्य प्रस्तुति दिएका थिए ।