बुटवल,२३ असोज ।
रुपन्देहीको कञ्चन गाउपालिकामा गाउब्लक जग्गाको जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच कञ्चनका १८७ जनालाई गाउब्लक जग्गाको जग्गाधनी प्रमाण पुर्जा बितरण गरिएको हो ।
कञ्चनमा गाउब्लक जग्गाको जग्गाधनी पुर्जा बितरण गर्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले अघिल्लो सरकारले सबै दलहरुको सहमती र सहकार्यमा भुमिहिन दलित, सुकुमवासी र अव्यबस्थित बसोबासीहरुको ब्यबस्थापनका लागि ऐन कानुन बनाएर गठन गरिएको भन्ने भ्रम फैलाएको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे ।
हरेक योजना र नीति सबै दलको सहमतीमा बनाउने अनि गाउमा आएर मेरो पार्टी र मैले गर्दा बजेट र योजना परेको भन्दै हिड्नु अनैतिक र अराजनीतिक भएको उनको भनाई छ ।
आफुले छलकपट र असम्भव कुरा गरेर जनतालाई आश्वाशन मात्रै दिने भन्दा पनि कामलाई बढी प्राथमिकता दिने बताउदै सांसद शाहले जहाँ ब्यबस्थित बिकास हुन्छ त्यहाँ समाजवादको प्रत्याभुति हुने धारणा राखे ।
देशभरका भुमिहिन, दलित, सुकुमवासी र अव्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्न जति कांग्रेस चिन्तित छ त्यति नै अन्य दलहरु चिन्तित नभएको उनको दाबी थियो ।
एमाले प्रति लक्षीत गर्दै उनले भने– ‘कांग्रेस नेतृत्वको सरकारले आयोग नै बिघटन गरेर भुमिहिन, दलित, सुकुमवासी र अव्यबस्थित बसोबासीहरु माथी बिश्वासघात गरेको भनि भ्रम फैलाएकाहरुले यो बुझ्न आवस्यक छ की ३ बर्ष सम्म बहुमतको सरकार संचालन गर्दा किन जनताको जग्गा नापिएन र लालपुर्जा बितरण गरिेएन ?’
रुपन्देही क्षेत्र नं. ५ (१) का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले एमालेको जनमुखी कार्यक्रम र योजनाले अत्तालिएकाहरुले इतिहासमै सबैभन्दा लोकप्रिय सरकार ढालेको बताए ।
सबैभन्दा बिकासको गती र जनमुखी कार्यक्रमले जनताको मुहारमा चमकता देखिरहेको अवस्थामा पुन देउवा नेतृत्वको गठबन्धन सरकारले लुम्बिनी ढोरपाटन जोड्ने सडकको करिब २५ करोड रुपैयाको कालोपत्रे योजना समेत कटौती गरेर जनबिरोधी काम गरेको आरोप लगाए ।
कार्यक्रममा कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनमा रहेको भुमिहिन दलित, सुकुमवासी र अव्यबस्थित बसोबासीहरुको समस्या समाधान गर्न कञ्चनबाटै शुरुवात भएको बताए ।
अध्यक्ष क्षेत्रीले कञ्चनको भुमिहिन दलित, सुकुमवासी र अव्यबस्थित बसोबासीहरुको लगत संकलन गर्ने देखि लिएर यस क्षेत्रको जग्गाको सर्भे कित्ताकाट गरी लालपुर्जा दिने अन्तिम तयारी भईरहेको समयमा नेकपा एमाले नेतृत्वको सरकार ढलेसंगै आयोग बिघटन हुदा जग्गाको लालपुर्जा पाउने कञ्चनवासीको सपना माथी घात भएको बताए ।
नेपाल सरकार भुमि ब्यबस्था,सहकारी तथा गरिबी मन्त्रालय,नापी बिभागका उप महा निर्देशक शुसिल नरसिंह राजभण्डारीको अध्यक्षता तथा जिल्ला नापी कार्यलय रुपन्देहीका कार्यलय प्रमुख अजित कुंवरको स्वागतमा सम्पन्न कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे,कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु,नेकपा एमाले कञ्चन गाउ कार्यसमितिका अध्यक्ष भरतमणी सापकोटा, नेपाली कांग्रेस कञ्चनका सभापति देबिराम रेग्मी लगायत बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको समेत सहभागिता रहेको थियो ।
नापी बिभागको निर्देशक दामोदर ढकालको संचालनमा सम्पन्न कार्यक्रममा जेष्ठ तथा एकल महिला शनिचरी थारुलाई गाउब्लक जग्गाको जग्गाधनी पुर्जा प्रदान गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
रुपन्देहीको गाउब्लक जग्गाको जग्गाधनी पुर्जा प्राप्त गर्न बाकी कञ्चनको ४ र ५ मा १८७ जना,गैडहवाको ६ मा ४ सय,मायादेबीको ७ र ८ मा ६७ जना, ओमसतिया २ मा २५ जना, तिलोत्तमाको १५ मा १०४ जना, सियारीमा ९४ जना, बुटवल १५ र १६ मा गरी ५० जना, सैनामैनाको ११ मा १० जना, देवदह ११ मा ४४ जना र सिद्धार्थनगर नगरपालिका १० मा ५० गरी १ हजार २४ जना रहेको नापी बिभागको निर्देशक दामोदर ढकालले जानकारी दिए ।






