बुटवल,२३ असोज ।
आइएफ इएस नेपाल र यूएसए आइडी र नेत्रहिन युवासंघको साझेदारीमा रुपन्देहीमा सञ्चालित अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक कार्यशाला सम्पन्न भएको छ ।

पहिलो चरण भैरहवा र दोस्रो चरण बुटवलमा दुई÷दुई दिन गरी चार दिनसम्म सञ्चालन भएको कार्यशाला शनिबार समापन गरिएको हो ।

नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिब विक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा महासचिव खड्काले नेत्रहिन युवा संघ लगायत अपाङ्गता भएका व्यक्तिहरुको लागि मिडियामा पहुँच स्थापीत गर्न पत्रकार महासंघ जहिले पनि तयार रहेको बताए । उनले पत्रकारिता क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीताको लागि महासंघले निःशुल्क रुपमा प्रशिक्षण समेत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे ।

सो अवसरमा रुपन्देही उद्योग व्यापार संगठनका सचिव यमलाल रेग्मी, नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोख्रेल, सचिव टिकाराम घिमिरे, पत्रकार कृष्ण खनाल, सहभागीहरु रेखा रानामगर र माधव कण्डेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

विभिन्न प्रकृतिका अपाङ्गता भएका २४ जनाको सहभागीता रहेको कार्याशालमा अस्मीता क्षेत्री, टिकाराम घिमिरे र लक्ष्मी पाण्डेले जहजीकरण गरेका थिए ।