बुटवल,२३ असोज ।
नेकपा एमालेका उपमहासचिव पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

उनले औद्योगिक करिडोर क्षेत्रमा भएको अतिक्रण रोकि औद्योगिक करिडोर निर्माणको काम अघि बढाउन सरकारसँग आग्रह गरे ।

रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधराणसभा तथा २२ औं अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै पौडेलले उद्योग कलकारखाना विकास गरी आर्थिक समृद्धि हासिल गर्न मोतिपुर औद्योगिक करिडोरको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

आफू अर्थमन्त्री हुँदा निजी क्षेत्रलाई सम्बोधन गरेर बजेट ल्याएको दाबी गर्दै उनले आफूले ल्याएको नीतिलाई वर्तमान सरकारले बिरोध गर्न पनि नसक्ने र कार्यान्वयन गर्ने तत्परता पनि देखाउन नसकेको उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेता पौडेलले बुटवलको ज्योतिनगर पहिरोबाट उत्पपन्न समस्या दिर्घकालिन रुपमा समाधान गर्ने योजना बनाउन सरकारलाई आग्रह गरे ।

संघका अध्यक्ष बाबुराम बोहोराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष तथा पुर्व मन्त्री लिला गिरी,प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ,तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे,बुटवल उपमहानगरपालिका उप प्रमुख गुमादेवी आचार्य,उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम,संघका पुर्व अध्यक्ष बोनिन पिया लगायतले आ आफ्नो भनाई राखेका थिए ।