बुटवल,२३ असोज ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको ’समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासी’को नारालाई साकार पार्न प्रदेश सरकारले उद्योग व्यापारमैत्री नीति अवलम्वन गरेको बताएका छन् ।
प्रदेशवासीको जीवनलाई समृद्धि बनाउन उद्योग व्यापार क्षेत्रको महत्पूर्ण योगदान रहेको भन्दै मुख्यमन्त्री केसीले प्रदेश सरकार लगानी मैत्री वातवरण निर्माण गर्न प्रतिवद्ध रहेको बताए ।
शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजित उद्योग व्यापार संगठन तिलोत्तमाको ७ आँै साधरण सभा एवं चौथो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
लगानीमैत्री वातावरण निर्माण गरी प्रदेशबासीको जीवनमा आमूल परिवर्तन ल्याउनु सरकारको मुख्य कार्यभार भएको बताउदै उनले प्रदेश सरकारले हालै ल्याएको बजेट लगानीमैत्री रहेको दाबी गरे ।
प्रदेश सरकारले हालै ल्याएको बजेट उद्योग मैत्री रहेको बताउँदै उनले उद्योग व्यावसायमा लगानी गरी रोजगारी दिन उद्योगि व्यवसायीहरुलाई आग्रह गरे ।
राजनीतिक संकट र कोभिडको संक्रमणबाट थलिएको लुम्बिनी प्रदेश र नेपाल अब विस्तारै समृद्धि र सहजतातिर लागेको उनले बताए ।
लुम्बिनी प्रदेश कोरानाको महामारीबाट निकै प्रभावित भएुकोले अर्थतन्त्र चलायमान नभएको बताउँदै मुख्त्रमन्त्री केसीले कोभिड नियन्त्रणउन्मुख हुदै गएकोले अब बिस्तारै अर्थतन्त्र चलायमान हुने बिस्वास व्यक्त गरे ।
कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रको उत्थानका लागि विद्युत महसुल र राजश्वमा केही छुट दिन सकिने बताउदै उनले अर्थतन्त्रलाई चलायमान गराउने कार्यमा अगाडि बढ्न अनुरोध गरे ।
सरकाले सरकारले प्रदेश बैंक, जनताको रोजगार र उपचार शिक्षालाई पहिलो प्राथमिकता दिएको बताउदै मुख्यमन्त्री केसीले सबै व्यवासायी एवं नागरिकलाई मंसिरमा कोरोना विरुद्धको खोप प्रदान गर्ने बताए ।
तिलोत्तमाका व्यवसायीहरुले रेल चलाउने सपना मात्रै नभएर वास्तविकरुपमा रेल चलाउने भए सरकारले त्यसमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।






