बुटवल,२३ असाेज । बुटवलकाे एक पटका गाेदामबाट प्रहरीले ठूलो परिमाणमा पटका बरामद गर्नुका साथै एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले करीब १० लाख मुल्य बराबरको अबैध पटाका सहित एकजनालाई पक्राउ गरेको हो ।
दशै तिहार र छठ पर्वलाई लक्षित गरि अबैध रूपमा ल्याइएका पटकाहरू बुटवलमा घरभाडामा लिएर लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
बुटवल ११ मजुवाको एउटा घरमा लुकाएर राखिएको ठूलो परिमाणको पटाका शुक्रबार बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिए ।
पटाका सहित प्रहरीले पटाका बिक्रीमा संलग्नन एकजनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालीका ७ पाल्पा स्थायी घर भएर हाल बुटबल उपमहानगरपालीका ११ मजुवा बस्ने ३१ वर्षिय बिस्मिल्ला मुसलमान रहेका छन् ।
भारतबाट चोरी तस्करी गरी बुटबल ल्याई बिक्री गर्ने गर्ने तैयारी गरीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले पटाका सहित मुसलमानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घर भाडामा लिएर किराना पसल गदै आएका मुसलमानले पसल भित्र पटकाहरु राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए । करीव १० लाख मुल्य बराबरको १५ हजार ३ सय ८१ प्याकेट बिभीन्न आकार र साईजका पटाका नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मुसलमान विरुद्ध विष्फोटक पदार्य सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।






