काठमाण्डाै,२२ असाेज ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।
काठमाण्डौसहित देशका अन्य ठाउँमा भने आज पानी पर्ने सम्भावना नरहेको उनलेे बताए ।
अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली मात्र हुने सम्भावना छ । दिउँसो एक छिन घाम लाग्ने र फेरि बादल लाग्ने सम्भावना छ । अब बिस्तारै सुक्खा बढ्दै जाने र दुई, चार दिनमा मनसुन बाहिरिने सम्भावना रहेको उनले बताए ।






