बुटवल,२१ असोज । रुपन्देही उद्योग संघको अध्यक्षमा माधव पौडेल निर्बिरोध निर्वाचित हुने भएका छन् ।
संघको २२ औं अधिवशेन अन्तरगत विहीवार उम्मेदवारी दर्ता गर्ने पुर्वनिर्धारीत अन्तिम समयसम्म अध्यक्षमा पौडेलको मात्र उम्मेदवारी दर्ता भएकाेले उनि निर्विरोध हुने निश्चित भएको हो ।
उम्मेदवारी दर्ता गर्ने पुर्वनिर्धारीत अन्तिम समयसम्म अध्यक्ष पाैडेलसँगै अधिकांश पदाधिकारी तथा सदस्यहरूमा आवश्यक संख्यामा मात्रै मनाेनयन दर्ता भएको छ ।
संघको आगामी नेतृत्वका लागि महासचिव र सचिव खुल्लामा मात्रै निर्वाचन हुने भएको छ ।
यद्यपि दर्ता भएका उम्मेदवारी उपर दावी विरोध तथा फिर्ता लिने समय भोली शुक्रवारसम्म तोकिएकोले संघको पुर्व अध्यक्ष समुहले सकेसम्म सबै पदमा निर्विरोध निर्वाचित गराउने प्रयास जारी राखेको छ ।

संघको बरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्ष पदमा जिबकान्त काफ्ले र कोषाध्यक्ष पदमा हिरामणी भटराईको मात्रै एकल उम्मेदवारी परेको छ भने महासचिव पदमा हरि बहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ र सचिव(खुल्ला) पदमा बसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी महिला सचिव पदमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ । आजिबन सदस्य तर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको उम्मेदवारी परेको छ ।

संघको ८ जना खुल्ला सदस्यका लागि सहमति अनुसार प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचालको उम्मेदवारी परेको छ ।
यता बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तथा तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासे र शुद्धोधन गाउपालिकाबाट रमेश खनालले उम्मेदवारी दर्ता गरेका छन् ।
संघमा नेकपा एमाले,नेपाली कांग्रेस र माओवादी केन्द्रले पार्टीगत रुपमा पद वाडफाड गरेका हुन् ।
सहमति बनाउने सर्तमा तिन दलले संघका पूर्व अध्यक्षहरुको एक कार्यदल बनाएर पद भागबण्डा गरेका थिए । जस अनुसार एमालेलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित सदस्यहरु, नेपाली कांग्रेसलाई द्वितिय उपाध्यक्ष र महिला सचिवसहित ४ सदस्य र माओपादी केन्द्रलाई सहकोषाध्यक्षसहित २ सदस्य पाउने गरि सहमति गरिएको थियो ।
कार्यदलमा एजाज आलम, बोनिन पिया र गणेश प्रसाद अधिकारी रहेका थिए ।