बुटवल,२० असोज ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ अखिल भारत सम्मेलन प्रथम अखिल भारत भेला १० बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
यही असोज १८ र १९ गते भारतको गोरखपुरमा सम्पन्न भेलाले देव वहादुर लामिछानेको अध्यक्षतामा ६१ सदस्ययी केन्द्रिय संगठन समिति सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षहरु सूर्य बहादुर पुन (तेलांगाना),मदन भण्डारी (कर्नाटक),खिमानन्द न्यौपाने (उत्तरप्रदेश) र महासचिबमा महेन्द्र बस्याल (तामिलनाडु) चयन गरेको छ भने सचिवमा राम सिंह वि.क. (वेंगलोर दक्षिण),शोभाराम सापकोटा (पंजाव) र कोषाध्यक्षमा इन्द्र भेटाल (महाराष्ट्र) निर्वाचित गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
समितिको सदस्यहरुमा सूर्य थापा (पाण्डी),बाबुराम नेपाली (केरला),बाबुराम पराजुली (आन्द्रप्रदेश),थम्मन थापा (हरियाणा),शंकर प्रसाद शर्मा (उडिसा),नरेश थापा (आसाम),शेर बहादुर वि.क. (चेन्नै उत्तर),मनोहर पौडेल (उत्तर हैदरावाद),कृष्ण पौडेल (उत्तर हैदरावाद),मधु भूषाल (फरिदावाद),मोहन ठकुल्ला (मुम्वाई),मनकाजी गुरुङ्ग सदस्य (रोपड),किशन वि.क.(वेंगलोर दक्षिण),करण दयाल (वेंगलोर दक्षिण) भारती परियार (वेंगलोर उत्तर),रवि गौतम (करुर),राजु थापा (पाण्डी) बोमलाल बसेल(चेन्नैपूर्व),उमानन्द शर्मा ( चेन्नै उत्तर),हेमराज रिजाल (चेन्नैपश्चिम),ज्योति नारायण सुवेदी (चेन्नै दक्षिण),नारायण गिरी (भेलोर),दयाराम लामिछाने (रोपड),केशव गाहा (रायगढ) रहेका छन् ।
त्यस्तै वैकल्पिक सदस्य विनिमाधव पौडेल (परिदावाद),विक्रम केसी (चेन्नै),अर्जुन केसी(चेन्नै पश्चिम),दुर्गादेवी सुवेदी (चेन्नै दक्षिण),सुकदेव शर्मा (चिदामवरम),कलाधर सापकोटा (रोपाड),अनिल आले (इलाहावाद),अमर थापा (लुधियाना),गणेश वि.क.(वेगलोर दक्षिण) लगायत रहेका छन् ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आज बुटवलमा पत्रकार सम्मेलन गरी भेलाले पारित गरेका प्रस्ताव र निर्वाचित कार्यसमित बारे जानकारी गराएको हो ।
भेलाले नेपाल तथा भारतबीच सन् १९५० को असमान सन्धि खारेज गर्नुपर्ने र नेपालीहरु माथि हुने गरेका ज्यादति, भेदभाव तथा पक्षपातपूर्ण व्यवहार बन्द गर्नुपर्ने माग गरेको छ ।
भेलाले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग भारतीय सेनाद्वारा अतिक्रमण गरिएकोमा उक्त क्षेत्रबाट भारतीय सेना फिर्ता हुनुपर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै विदेशस्थित नेपालीहरुलाई नेपालमा हुने निर्वाचनमा आफू बसेको देशबाट मतदान गर्ने अधिकार दिनु पर्नेमा जोड दिएको छ ।सर्वोच्च अदालतले वि.सं. २०७५ सालमा नै मताधिकार प्रदान गर्ने फैसला गरेर पनि सरकारले अहिलेसम्म कानून नबनाएकोमा दुःख प्रकट गर्दै भेलाले तत्काल मताधिकार बारे निर्णय गर्न सरकारसँग माग गरेको छ ।
भारतका जिल्ला, क्षेत्र तथा नगरहरुबाट प्रनिधित्व रहेको भेलाले एमसीसी सहयोग परियोजना संसदबाट पारित गर्नकालागि नेपाली कांग्रेस तथा नेकपा(एमाले) सत्तामा रहँदा प्रयत्न गरिरहेको सन्दर्भमा उक्त परियोजना राष्ट्रघाती भएको ठहर गर्दै त्यसलाई तत्काल खारेज गर्न माग गरेको छ ।सातौँ अखिल भारत सम्मेलन पछिको प्रथम अखिल भारत भेलाले नेपालको राजनीतिमा साम्राज्यवादी देशहरुले राजनीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा गरिरहेको हस्तक्षेप बन्द गर्नुपर्ने, नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षद्वारा सीमा अतिक्रमण भइरहेको सन्दर्भमा नेपाल तथा भारत सरकारहरुद्वारा सीमा नियमन गर्नुपर्ने, नेपालमा उपभोग्य वस्तुको मुल्य वृद्धि नियन्त्रण गर्नुपर्ने, नेपाली महिलाहरुलाई मैनपावरका आडमा मानव तस्कारहरुले भारत लगाएत तेस्रो मुलुकहरुमा बेचविखन गर्दै आएको र नेपाली चेलीहरु माथि चरम शोषण हुने गरेकोमा सरकारको यस प्रकारको गलत नीतिको विरोध गर्नेलगाएतका प्रस्ताव पारित गरेको छ ।
भेलाले गत २७ सेप्टेम्वर २०२१ मा अन्तराष्ट्रिय नेपाली एकता समाजको भेला सम्पन्न भएकोमा भेलाले खुसी प्रकट गर्दै विश्वभरी छरिएर रहेका नेपालीहरुबीच पारस्परिक सहयोग, सद्भाव र एकतामा थप बृद्धि हुने आशा समेत लिएको छ । त्यस्तै भेलाले पेरु कम्युष्टि पार्टी, द साइनिङ्ग पाथका संस्थापक तथा सो पार्टीका अध्यक्ष अभिमाइल गुजमान गोन्जालोको निधनमा श्रद्धाञ्जली प्रकट गरेको छ ।
यस अघिको भेलालाई सम्बोधन गर्दै बरिष्ठ बामपन्थी नेता कृष्ण पौडेलले नेपाल कम्युनिष्ट पार्टी (मसाल)मा दक्षिणपन्थी शंसोधनबादका विरुद्ध आन्तरिक र वाह्य दुबै तहबाट संघर्ष भैरहेको बताएका छन् । उनले पार्टी भित्र र पार्टि बाहिर आमा पार्टी सदस्यहरुले गरेको संघर्षका कारण दक्षिण पन्थी लाईन समाएको मुल नेतृत्व अत्तालिएको समेत दावी गरे । नेता पौडेलले पार्टीले सातौँ महाधिवेशनको क्रान्तिकारी स्पिरिटलाई त्यागेर दक्षिणपन्थी लाइन समाएको भन्दै कार्यकर्ताले विद्रोह गर्नुपरेको बताए । ‘हामी गोरखपुरबाट काठमान्डौँ जानुछ भने उत्तरतर्फको टिकट काट्नु पर्छ, चेन्याई तर्फको टिकट काटेर काडमान्डौँ पुग्न सकिदैन । पार्टीले दक्षिण पन्थी लाइन पारित गरेको छ । त्यसबाट क्रान्तिको दिशा तर्फ पुग्न सकिदैन,’ उनले भने, ‘यो समयमा कतिपय साथिहरु विचबाटोमाअलमलमा छन्, कतिपय साथीहरु प्रष्ट भएका छन् । उनीहरुले आफ्नो यात्रा तय गरिसकेका छन् ।अबको समय निर्णय लिने र अघि बढ्ने हो ।’
विगतका इतिहासलाई स्मरण गर्दै नेता पौडेलले पार्टीको मुल नीति र परम्पराको विरासत कायम गर्ने गरी आफूहरु लागिरहेको बताए । पार्टी नेतृत्वले फरक विचार राखेकै आधारमा कारवाही गरेको बताउँदै उनले विचार माथिको दमन धेरै दिन टिक्न नसक्ने बताए । ‘अल्पमतको विचारमा समर्थन गर्ने साथिहरुलाई छानी छानी कारवाही गरिएको छ । आफ्नो विचार भन्दा फरक विचार राख्नेलाई सफाई गरेपछि क्रान्तिकारी भइन्छ भन्ने अभिलासाका साथमा पार्टी नेतृत्व रमाएको छ । त्यो प्रवृति धेरै दिन टिक्ने कुरा छैन् ।’–उनले भने ।
पार्टी नेतृत्वले राजनीतिक अपराध गर्न समेत पछि नपरेको बताए । नेतृत्वले मुलभूत दस्ताजेजमा परिवर्तन गरेर राजनीतिक अपराध गरेको उनको भनाई छ । ‘मुलभूत राजनीतिक लाईन नै परिवर्तन गर्नु गंभिर त्रुटी भएको छ । महाधिवेशनले पारित गरेको दस्तावेजमा परिवर्तन गर्नु अपराध सरह हुन्छ ।’– उनले भने ।
शुद्धीकरणका नाममा विचार सफाय अभियान मात्र भएको भन्दै नेता पौडेलले भने, ‘पार्टी नेतृत्वले विधान मिचेर शद्धीकरण गरेको छ । शुद्धीकरणका नाममा जे पनि गरे हुन्छ भन्ने मनोवृति हावी भएको छ । शुद्धिकरण पार्टीको गतिशीलता प्रदान गर्नका लागि गर्नुपर्नेमा विचारलाई निस्तेज गर्न शुद्धिकरण गर्नु गलत भएको छ । बहुमतको विचारलाई समर्थन गरेमा जे गरेपनि माफ हुने प्रवृतिले भित्री योजना के थियो भन्ने प्रष्ट भएको छ ।’
पार्टीमा जनवादी क्रान्तिको लाइन त्यागेको भन्दै नेता पौडेलले जनवादी क्रान्तिका लागि काम गर्ने जिम्मेवारी आफूहरुको काधमा आएको बताए । ‘जसलाई ज्वरो आएको छ, उसैले नै ज्वारोको औषधी खानु पर्र्छ । नेताको खुट्टा हेरेर आफ्नो यात्रा तय गर्ने प्रवृति हटाउनु पर्छ अनि मात्र क्रान्ति सम्भव हुन्छ । त्यसका लागि अब तपाई हामी तयार हुनुपर्छ ।’–उनले भने ।
पार्टीले वार्ता र संवादका लागि नभई भूलभूलैयाका लागि वर्ता टोली बनाएको उनले बताए । ‘कतिपय जिल्लाहरुले वर्ताको गर्न दवाव दिए पछि र अभियानै चलाए पछि कन्द्रमा वार्ता टोलीबनेको छ । तर त्यो वार्ता गर्ने गरी नभई औपचारिकताका लागि मात्र बनाइएको हो । काम को प्रवृति, फरक विचारमाथिको दमन आदिलाई हेर्दा वर्ता समिति के उद्देश्यले बनेको छ भन्ने कुरा प्रष्ट भैसकेको छ । यद्यपी वार्ता गर्ने कुरा सकारात्मक कुरा नै हो । हामी त्यसमा तयार नै छौ ।उहाँहरु बास्तवमै वार्ता गर्ने मनासयले आउनु पर्यो ।’
विगतमा विभिन्न व्यक्तीहरुले पार्टी छाडेर गएको परिवेशसँग अहिलेको परिवेश कुनै दृष्टीले पनि नमिल्ने उनको भनाई छ । ‘अहिलेको यात्रा नेकपा मसालको विरासत कै आधारमा अघि बढेको छ । विगतमा भएका घट्नाहरुसँग अहिलेको परिवेश कुनै पनि दृष्टीकोणले मिल्दैन ।’ उनले भने ।
प्रथम भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तवहादुर नेपालीले विचार माथिको कारवाही इमान्दार पार्टी सदस्यले स्वीकार गर्न सक्ने कुरा नभएको बताए ।
उनले पार्टी नेतृत्वको स्वीच्छाचारी प्रवृत्तिका कारण पार्टी यो अवस्थामा आएको बताए । कारवाही प्रकृया नै गलत तरिकाले गरिएको भन्दै नेता नेपालीले कारवाही गर्दा गर्दै हैरान भएर मुल नेतृत्व कारवाही गर्न छाडेको बताए । ‘पार्टीले भटाभट कारवाही गरेका कारणले नै ठूलो पंत्ती तयार भएको छ । जिल्ला जिल्लामा विद्रोहको तयारी भैरहेको छ । यो सबै गतिविधिहरुबाट पार्टी नेतृत्व आएलकायल भएको छ ।,’ उनले भने, विगतको पार्टी इतिहासलाई स्मरण गर्दै नेता नेपालीले पार्टी नेतृत्व विरुद्ध तलबाट विद्रोह भएको पहिलो घट्ना भएको बताए । ‘विगतमा माथिबाट पार्टी फुट्ने गर्दथ्यो । केही साथिहरु छुट्टीएर जाने गर्नुहुन्थ्यो ।तर अहिले तलबाट भएको छ । यो नयाँ अभ्यास पनि हो, उनले भने, ‘यसरी पार्टी मै रहेर संघर्ष गर्ने हो । पार्टी फुटालेर हुँदैन ।’नेता नेपालीले नेकपा मसालको चोथो महाधिवेशन पछिको अवस्थालाई सिंहालोकन गर्ने बेला आएको समेत बताए । ‘नेतृत्व, कार्यकर्ता, नीति कस्तो थियो र कस्तो हुनुपर्छ भन्ने विषयमा समिक्षा गरिएन भने आगमी नीति तथा कार्यक्रम बनाउन सकिदैन् ।’–उनले भने ।
नेकपा मसालको निरन्तरता नै आफूहरुको मुख्य राजनीतिक कार्य भएको बताउँदै नेता नेपालीले छुट्टै पार्टी बनाउन नखोजेको दोहोराए । ‘नेकपा मसालको निरन्तरतामा छौँ । छुट्टै पार्टी बनाउन हामी खोजेका छौँन बरु मोहन जीले दक्षिणपन्थीलाइन सहितको छुट्टै पाटी बनाउनु भयो । सातौ महाधिवेशापछि मोहन जिमा देखिएको विर्सजनवादी दृष्टीकोणको विरोधमा हामी संघर्ष गरिरहेका छौँ ।’–उनले भने ।
कम्युष्टि पार्टीको बृहत धुविकरण आवश्यक रहेको बताउँदै नेता नेपालीले ससाना पार्टीहरुले छुट्टाछुट्टै रुपमा जनवादी क्रान्ति गर्न सम्भव नरहेको बताए । उनले नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको निष्कर्ष निकाल्न थालिएकोमा चिन्ता समेत प्रकट गरे । त्यस्तो हुन नदिने उनको भनाई छ । क्रान्तिकारी विचारलाई दृढतापूर्वक अंगिकार गरी अगाडी बढ्न आग्रह गर्दै नेता नेपालीले राजनीतिक विचारालाई आफूले पनि बुझ्ने र अरुलाई पनि बुझाउने गरी लाग्नसहभागिहरुलाई आग्रह गरे ।
भेलालाई सम्वोधन गर्दै नेकपा मसालका पूर्व प्रवत्ता विमल शर्माले पार्टी नेतृत्वका कारण चुनाव देखि चुनाव सम्मको नीति बाहेक पार्टीमा अन्य कार्यक्रम नै नरहेको बताए । उनले संसदीय भासबाट पार्टीलाई जोखाउने जिम्मा पार्टी कार्यकर्ताको काधमा आएको बताए । ‘पार्टी चुनाव, संसद र सरकार यी नै विषयहरुमा केन्द्रित भएको छ । क्रान्तिकारी लाईन त्यागि सकेको छ । यसबाट अव जोगाउन सकिएन भने दुर्घटना हुन्छ । सचेततापूर्वक कदम चाल्नु होस्, उनले भने, ‘वर्गसंघर्षलाई छाड्ने कम्युनिष्ट पार्टी छन् तिनीहरु दक्षणपन्थी हुन् । हाम्रो पार्टीको आठौँ महाधिवेशनले पनि सोही प्रकारको दिशा लिएको छ ।’
पार्टी भित्र हुने चरम आर्थिक भ्रष्टाचारको नेतृत्व पार्टी महामन्त्रीबाट नै भैरहेको तथ्यहरु प्रस्तुत गर्दै नेता शर्माले आर्थिक अनुशासन नभएको पार्टी र त्यसको नेतृत्व क्रान्तिकारी हुनै नसक्ने दावी गरे ।
भेलालाई सम्वोधन गर्दै मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव तथा अन्तराष्ट्रिय नेपाली एकता समाजका पूर्वअध्यक्ष गंगा पौडेलले पार्टीले दक्षिणपन्थी लाईन लिन लागेको कुरा मोर्चा सरकारमा सामेल हुने भनेर केन्द्रिय समितिमा प्रस्ताव आए पछि थाहा पाएको बताए ।
सातौ अखिल भारत सम्मेलन पछिको प्रथम भेलाको संचालन महेन्द्र बस्यालले गरेका थिए भने अध्यक्ष मण्डलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वमहासचिव खगेश्वर शर्मा, चेन्याई उत्तर नगर समिति सचिव मोराज सुवेदी, क्षेत्रीय महिला विभाग सदस्य जानुदेवी सुवेदी रहेका थिए । भेला पछिको बन्द शत्रमामूलप्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव तथा अन्तराष्ट्रिय नेपाली एकता समाजका पूर्वअध्यक्ष गंगा पौडेलले प्यानल प्रस्तुत गरेका थिए ।
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकतासमाज केन्द्रि सचिव तथा पश्चिम भारत क्षत्रीय सदस्य इन्द्र भटाल, बेंगलोर नगरसमिति अध्यक्ष कृष्ण वि.क, दक्षिण भारत क्षेत्रीय समितिका प्रतिनिधि दयाराम खनाल, मध्य दक्षिण भारत क्षेत्रीय समिति सदस्य बाबुराम पराजुली, मध्य पश्चिम उत्तर क्षेत्रीय समितिबाट नारायण शर्मा, उत्तर भारतबाट खिमानन्द न्यौपाने, विद्यार्थीका कोन्द्रिय उपाध्यक्ष विक्रम केसी, बेंगलोर दक्षिणका अध्यक्ष किसन विक, दक्षिण भारत क्षेत्रीय समितिका सचिव रामसिंह विक, क्षेत्रीय सदस्य उमानन्द आचार्य, हेमराज रिजाल, ज्योतिनारायण शर्मा, बोमलाल बस्याल, पाण्डेचेरी नगर समितिबाट राजु थापा, हाँकका प्रतिनिधि राजु शर्मा, खेलकुद क्षेत्रीय विभागबाट करण दयाल, रत्तिम क्षेत्रीय विभागबाट गणेश विक, समता क्षेत्रीय विभागबाट शेरसिंह विक, चेन्न्याई उत्तरनगर समितिका अध्यक्ष नरबहादुर गुरुङ्ग, हैदरावाद उत्तरनगर समितिबाट कृष्ण पौडेल, चेन्नाई दक्षिण नगर समितिका सचिव रोमनाथ सुवेदी, स्वयंसेवक विभागबाट शेयर दयाल, हैदरावाद नगर समितिबाट राम शर्मा लगाएतले बोल्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ अखिल भारत सम्मेलन पछिको प्रथम भेलाको पूर्ण सफलताको शुभकामना दिएका थिए ।
यस अघि मूल प्रवहको भेला गर्ने वा नगर्ने भन्ने बारेमा छलफल समेत गरिएको थियो । राम सिंह विकको अध्यक्षतामा भएको मूल प्रवाहको भारत स्तरीय छलफलले सर्वसम्मत रुपमा भेलामा जाने निचोड निकालेको जनाइएको छ ।
महेन्द्र बस्यालको संचालनमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव सन्तबहादुर नेपाली, बामपन्थी नेता कृष्ण पौडेल, नेकपा मसालको पूर्व प्रवत्ता विमल शर्मा, नेता गंगा पौडेलको आतिथ्यतामा रहेको थियो । खेमनन्द न्यौपानेको स्वागतमा भएको छलफलमा पार्टीको धारणा नेता कृष्ण पौडेलले राखेका थिए भने एकता सभाको धारणा खगिस्वर शर्माले गरेका थिए । मूल प्रवाहका केन्द्रि उपाध्यक्ष देव बहादुर लामीछानेले अवधारणा पत्र बाचन गरेका थिए । छलफलबाट सर्वसम्मतिले भेलामा जाने निर्णय भएको थियो ।
भेला समापन कार्यक्रम रोमनाथ सुवेदीको संचालन बाबुराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बरिष्ठ वामपन्थी नेता कृष्णराज पौडेल, नेता सन्तवहादुर नेपाली, विमल शर्मा, जानुदेवी सुवेदी, राजु अधिकारी, रामु शर्मा, गंगा पौडेल र हिरामणि शर्माले नवनिर्वाचित केन्द्रिय संगठन समितिलाई भारतमा रहेका नेपालीहरुको समस्यामा काम गर्नु पर्ने र जनवादी आन्दोलनका लागि सहयोग गर्नुपर्ने दुई महत्वपूर्ण जिम्मेवारी काधमा आएको भन्दै निरन्तर संघर्षमा रहने आशा व्यक्त गरे । सोही अवसरमा नवनिर्वाचित संगठन समितिलाई बधाइ तथा शुभकामना दिइएको समाजले जनाएको छ ।









