काठमाडौं,२० असोज । नेपालमा बुधबार थप १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १६५ पीसीआर परीक्षण गर्दा ८४९ जना र ४ हजार ३०० एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ८९१ जना कोरोना संक्रमित निकाे भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।





