पाल्पा, १३ असोज ।
नेपाली कांग्रेस तानसेन नगरसभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत कुस्माखर पोखरेलले जानकारी दिए ।

तानसेनमा निर्विरोध नेतृत्व चयन भएसँगै नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पाल्पाका दशवटै स्थानीय तहमा नेतृत्व चयन प्रकृया पुरा भएको छ ।

यसअघि पाल्पाको रामपुर नगरपालिकामा नेत्र प्रसाद भट्टराइ विजयी भएका छन् भने पूर्वखोला गाउँपालिकाको अधिवेशनले महिला नेतृ विष्णुकुमारी आचार्यलाई गाउँ सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै पाल्पाको निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँड सर्वसम्मत रुपमा चयन भएका छन् भने रम्भा गाउपालिकामा ऋषिराम अर्याल, वगनाशकालीमा थानेश्वर तिमिल्सिना,माथागढी गाउपालिकामा दिपक थापा निर्विरोध निर्वाचित भएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिकामा मतदानको माध्यमबाट रामचन्द्र पाण्डे निर्वाचित भएका छन् भने रैनादेवी छहरा गाउँपालिकामा बिष्णु पोखरेल र तिनाउँ गाउपालिकामा प्रेम पाण्डे निर्विरोध निर्वाचित भइसकेका छन् ।

पाल्पामा एक जना महिलाले पालिकास्तरको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेकी छिन् । पूर्वखोला गाउपालिका सभापतिमा पुर्व शिक्षक तथा महिला नेतृ विष्णुकुमारी आचार्य निर्विरोध निर्वाचित भएकी हुन् ।

पालिकाको नेतृत्व महिलाको हातमा गएपछि काँग्रेसका नेता कार्यकर्तासँगै आम नागरिकमा समेत सकारात्मक सन्देश प्रवाह भएको कांग्रेसका युवा नेता किशोर पंगेनीले बताए ।