बुटवल,१२ असाेज । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हानेकाे अभियाेगमा पक्राउ परेका गणेश पंगेनी ५ हजार धरौटीमा रिहा भएका छन् ।
पंगेनीलाई ५ हजार धरौटीमा साेमबार साँझ छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।
असोज ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि पंगेनीले द्रुव्यबहार गरेका थिए । उनलाई प्रहरीले सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।
नेकपा एमाले रूपन्देहीका अध्यक्ष समेत रहेका मेयर सुवेदीलाई द्रुव्यबहार गर्ने पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित हुन् ।
पंगेनी पनि एमाले कार्यकर्ता भएको बताइएको छ ।







