बुटवल,१२ असाेज ।
पाैडिखेल्ने क्रममा पोखरीमा डुबेर रूपन्देहीको राेहिणीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रोहिणी गाउँपालिका–५ का ३२ वर्षीय अमित कुमार उपाध्याय रहेको इलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।

सोमबार पौडी खेल्ने क्रममा डुबेर घाइते भएका उनलाई उपचारको लागि भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।