बुटवल,१२ असाेज । ट्रककाे ठक्करबाट रुपन्देहीकाे सैनामैनामा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको सैनामैना-५ की राधा भट्टराई र उनका छोरा महेश भट्टराई रहेका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत रूपन्देहीको सैनामैना स्थित बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको भैँसीपाडा बोकेको ट्रकले ठक्कर दिदा आमा र छोराको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।







