बुटवल,१० असोज ।

नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा भारी मतान्तरले विजयी भएका खेलराज पाण्डेले आफू निर्वअचित मतदान स्थलकाे फाेहाेर उठाएर कार्यारम्भ गरेका छन् ।
मतदानस्थल रहेको बुटवलको सिद्धेश्वरी मैदान र सिद्धेश्वरी माध्यमिक बिद्यालय परिषर सभापति पाण्डे सहित पदाधिकारीहरूले आज बिहानै सरसफाइ गरेका हुन् ।

शनिबार भएको नगर अधिवेशनबाट बुटवलको सभापतिमा संस्थापन इतर समूहका पाण्डे तेस्रो कार्यकालकालागि भारी मतका साथ बिजयी थिए ।

उनले ४१२ मत ल्याए भने उनका प्रतिस्प्रर्धी रिता केसीले १२४ मत पाइन् । उपसभापतीमा ज्योति भण्डारी ४०३,हितमान पुन २८२ ,सचिबमा सचिव,गंगा पन्थी ३०७,छाया पोखरेल २९४ सहसचिवमा देवलाल अर्गली २९७ र गणेश घिमिरे ३०० मत पाएर बिजयी भएका छन ।

बिजय भएपछि सभापति खेलराज पाण्डेले सबैलाइ मिलाएर अघि बढ्ने बताए । उनले बुटवलमा कांग्रेसलाइ पहिलो शक्ति बनाएरै छाड्ने बताए । ५६९ मतदाता रहेकोमा जम्मा ५४५ मत खसेको थियो ।