बुटवल,९ असोज ।
तिलोत्तमाका १४ सहित रुपन्देहीमा शनिबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १४० जनाको कोरोना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएकोे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकाका १४ जना,बुटवल उपमहानगरपालिकाका १० जना,सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका ३÷३ जना, सिद्धार्थनगर नगरपालिकाका २ जना र देवदह नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३१ हजार ६२७ पुगेको छ ।
जिल्लामा हालसम्म ३० हजार ७०४ जना कोरोना संक्रमित निको भएका छन् भने ५३३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८५ रहेको छ ।





