बुटवल,१ असोज ।
फेवा बचत तथा ऋण सहकारी संस्था लि.बुटवलले शेयर सदस्यका लागि करोडपति योजना अगाडि सारेको छ ।

सहकारीको १३ औं साधारण सभाले करोडपति योजना अगाडि ल्याएको हो ।

सहकारीको पञ्च वर्षिय नीति अनुसार करोडपति योजना ल्याइएको हो ।

सहकारीले यसअघि लखपति योजना ल्याएको थियो । लखपति योजना कार्यान्वयनसंगैं अहिले शेयर सदस्यलाई करोडपति बनाउंने योजना अगाडि सारिएको अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै सहकारीले शेयर सदस्यका लागि लोन विमा,पांच लाखको दुघर्टना विमा कार्यान्वयनमा ल्याएको छ । यसअघि सहकारीले मोवाइल बैकिङ सेवा सञ्चालनमा ल्याएको थियो । सहकारीले यसवर्ष ९७ लाख ४४ हजार ९ सय २३ रुपैयां ६४ पैसा शुद्ध नाफा गर्न सफल भएको छ । गतवर्ष १ हजार ७ सय ६४ शेयर सदस्य रहेकोमा यसवर्ष २ हजार ९ सय ३८ पुर्याइएको छ ।

साधारण सभाले अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षको प्रतिवेदन,कोषाध्यक्ष नूमकली राहादीले प्रस्तुत गरेको आर्थिक प्रतिवेन,लेखा संयोजक हेमबहादुर थापाले प्रस्तुत गरेको लेखा प्रतिवेदन तथा विभिन्न उपसमितिका संयोजकले तयार पारेको प्रतिवेदनहरु साधारण सभाले पारित गरेको छ ।साधारण सभामा जेष्ठ शेयर सदस्य द्धय भीमबहादुर थापाक्षेत्री,सरस्वतिदेवि श्रेष्ठ,असल ऋणी विष्णुमाया श्रेष्ठ,असल व्यवसायी कृष्ण श्रेष्ठ,उत्कृष्ट कर्मचारी बोलमाया गुरुङ,पदमा आलेलाई नगदसहित सम्मान गरिएको छ ।

साधारण सभाको उद्घाटन गदैं बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारीको मुल्य मान्यता अनुसार फेवा सहकारी अगाडि बढेकाले शेयर धनीको लगानी नडुव्ने बताए ।

सहकारीका अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षता,सचिव इन्द्र सारुको सञ्चालन तथा सदस्य खेमराज भट्टराईको स्वागतमा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष यमबहादुर तारामी,निवर्तमान अध्यक्ष मधुमाला तारामी,पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल,सल्लाहकार मदनलाल गुप्ता,लेखा संयोजक हेमबहादुर थापा लगायतले बोलेका थिए ।