बुटवल,२ जेठ ।
पछिल्लो समय कला संस्कृतिप्रति आम जनतामा सकारात्मक भावनाकाे विकास भएको सराेकारवालाहरूले बताएका छन् ।
शनिबार बुटवल स्थित मिलन कला केन्द्र द्वारा बुटवलमा आयोजित २०८२ सालको देउसी भैलाे पुनर्मिलन तथा सम्मान कार्यक्रममा सहभागीहरूले बिगतका दिनमा गीत संगित तथा नृत्यकारप्रति समाजको दृष्टिकोण नकारात्मक रहे पनि पछिल्लो समय सकारात्मक भावनाकाे विकास भएको बताए ।
पछिल्लो समय कलाकारीता सम्मानित पेसा मात्रै नभएर आय आर्जनको महत्त्वपूर्ण स्रोतको रूपमा लिन थालिएको भन्दै उनिहरूले नृत्यले शारीरिक स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने बताए ।
मिलन कला केन्द्र बुटवलकि अध्यक्ष मिना बुढाथोकीकाे सभापतितब र बुटवलका पुर्व नगर प्रमुख रूपसिं थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ बुटवल साइनका संस्थापक इसु देवकोटा,नृत्य निर्देशक संघ रूपन्देही अध्यक्ष सुन्दर गुरूङ,कलाकेन्द्रका सल्लाहकार सारदा पाण्डे, सल्लाहकार कादम्बरी थापा,कला केन्द्रका काेषाध्ध दावा सेर्पालगायतले कला संस्कृतिको संरक्षण गर्नुपर्नेमा जाेड दिए ।
कार्यक्रममा कला केन्द्रलाई सहयोग गर्ने सहयोगीहरूलाई सम्मान गरिएको थियोे ।
साे अवसरमा विभिन्न सांगीतिक प्रस्तुति गरिएको थियो ।






