बुटवल,३१ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेले बैठक अबरुद्ध गरेको छ ।
सभामुख पूर्णबहादुर घर्तीले बैठकको कारबाही सुरु गरेलगत्तै एमाले प्रदेश सभा सदस्यहरूले नाराबाजी गरेका छन् ।
नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेकाे अडान छ ।
निर्धारित समयभन्दा करिब पाैने घण्टा ढिला सुरु भएको प्रदेश सभाकाे बैठक सुरु हुनासाथ एमाले प्रदेश सभा सदस्यहरूले टेबुल ठटाएर बिराेध गर्नुका साथै नाराबाजी गरेका थिए ।






